तपाईको पेटमा गडबडी भइरहन्छ ? हेलचेक्राई नगर्नुहोस् , क्यान्सरको संकेत पनि हुनसक्छ

शर्मिला गुरुङ

कोलन या कोलोरेक्टल क्यान्सरलाई ठूलो आन्द्राको क्यान्सर पनि भनिन्छ । यो क्यान्सर ठूलो आन्द्रा(कोलन) या रैक्टम(ग्यास्ट्रो इन्टेस्टाइनलको अन्तिम भाग)मा हुन्छ । दुनियाभरिमा क्यान्सर तीव्र रूपमा फैलिरहेको तेस्रो समस्या हो ।

यस क्यान्सरको समस्या हुँदा पेटसँग सम्बन्धित समस्या जस्तै इरिटेबल बाउल सिन्ड्रोम, पाइल्स या कब्जियतको समस्या हुन्छ । अधिकांश मानिसले यस क्यान्सरको शुरुवाती संकेतप्रति हेलचेक्राई गर्ने गल्ती गर्छन् । यस्तो अवस्थामा समस्या बढ्दा उपचार निकै कठिन हुन्छ । जबकी समय रहँदैमा यस क्यान्सरको उपचार शुरु हुँदा यसलाई नियन्त्रण गर्न सकिन्छ । चिकित्सकका अनुसार, कोलन क्यान्सरको संकेत यसप्रकार उल्लेख गरिएको छ ।

१-स्टूलमा ब्लड – कोलन क्यान्सरमा स्टूलको साथै ब्लड आउने या रैक्टम(ग्यास्ट्रो इन्टेस्टाइनलको अन्तिम भाग) मा ब्लीडिंग हुने समस्या हुन्छ । यसकारण स्टूलको साथै ब्लड आएमा यसलाई हेलचेक्राई गर्ने गल्ती गर्नुहुँदैन ।

२-वजन घट्नु – आहार या व्यायाममा कुनै परिवर्तन बिना नै अचानक वजन घट्न थालेमा यो कोलन क्यान्सर हुनसक्छ ।

३-पेट फुल्नु – कोलन क्यान्सर हुँदा डाइजेशन सहि तरिकाले हुन सक्दैन । यस्तो अवस्थामा पटक-पटक पेट फुल्ने समस्या हुनसक्छ ।

४-पेटमा दुखाई – पेटको तल्लो भागमा दुखाई या मोडिने जस्ता समस्या महसूस भैरहन्छ भने यो कोलन क्यान्सर हुनसक्छ ।

५-कमजोरी – प्रायजसो कमजोरी महसूस हुनु, थोरै काम गर्दा पनि थकित महसूस हुनु कोलन क्यान्सरको संकेत हुनसक्छ।

६-बाउल ह्याबिटमा परिवर्तन – बाउल ह्याबिटमा अचानक परिवर्तन हुनु, कब्जियत या लूज मोशनको समस्या रहिरहेमा कोलन क्यान्सरको संकेत हुनसक्छ ।

७-पेट सफा हुनु – पेट ठीक तरिकाले सफा नहुनु, पटक-पटक शौचालय जानुपर्ने समस्या भएमा यो कोलन क्यान्सरको संकेत हुनसक्छ ।

८-उल्टी आउनु पटक-पटक उल्टी आउनु कोलन क्यान्सर हुनसक्छ ।

प्रतिक्रिया