तपाईको बैबाहिक जीवनमा खटपट भैरहेको छ ? घरको यस ठाउँमा लगाउनुहोस राधा-कृष्णको तस्बिर

रिता घिसिंग

पिएनपिखबर : यदि तपाईको बैबाहिक जीवनमा खटपट भैरहेको छ भने तपाइको सुत्ने कोठामा राधा-कृष्णको फोटो लगाउनुहोस्। यसको पछाडी धार्मिक र बैज्ञानिक दुवै कारण छ। जान्नुहोस राधा-कृष्णको तस्बिरले कसरी हटाउछ बैबाहिक समस्या :

राधा-कृष्णको प्रेम आदर्श मानिन्छ। त्यसैले मन्दिरमा राधा-कृष्णको मुर्तिहरुमा पुजा गर्ने गरिन्छ। यदि कसैले राधा-कृष्णको तस्बिर दिनदिनै हेर्नुहुन्छ भने उसको मनमा आफ्नो जीवन साथी प्रति प्रेम बढ्छ। राधा-कृष्णका निस्वार्थ प्रेमको प्रतीक हो । यस्तो प्रेम पति-पत्नी बीच गरेमा बैबाहिक जीवनमा आउने समस्या हटेर जान्छ।

पति पत्नीको प्रेमको प्रतिक राधा-कृष्णको सुन्दर तस्बिर आफ्नो बेडरुमको भित्तामा लगाउनुहोस्। यदि तस्बिर रातो फ्रेममा छ भने अझ राम्रो हुन्छ। यसले पति-पत्नी बिचको समस्या हटाउछ।

तस्बिर यस्तो ठाउँमा लगाउनुहोस् जुन ठाउँमा बिहान बेलुका जुन सुकै बेलामा पनि आँखा त्यहि ठाउँमा पुगोस। यसले पति-पत्नीबीचको प्रेम बढाउछ। तर तस्बिर लगाउने बेलामा राधा र कृष्णको मात्रै भएको लगाउनुपर्छ वरिपरि अरु गोपिनी भएको तस्बिर लगाउनु हुदैन। सुखी बैबाहिक जीवनका लागि पति-पत्नीले एक अर्काको भरोसा तोड्नु हुदैन।

पुरानो गल्ति दोहोर्याई रहनु हुदैन र बारम्बार पुरानो गल्तिको कुरा पनि गर्नु हुदैन। साथै बेडरुममा अन्य व्यक्तिको कुरा पनि गर्नु हुदैन। एक-अर्कालाई सम्मान पनि गर्नुपर्छ।

प्रतिक्रिया