तपाईलाई साह्रै रिस उठ्छ ? यसरी कम गर्नुहोस्

रिता घिसिंग

एजेन्सी : रिस पनि अन्य कुराहरु जस्तै भावनाको कारणले पर्दा हुने कुरा हो । सामान्य अवस्थामा प्राय मानिसलाई रिस कम उठे पनि कोही कोही व्यक्तिहरुमा भने झनक्क रिसाउने बानी हुन्छ । यस्तो बानीले थोरै समय मात्र अरुलाई फाईदा भए पनि धेरै समयमा भने आफुलाई नै बेफाइदा हुने गर्छ । नेपालीमा एउटा उखान छ रिस खाई आफु र बुद्धी खाई अर्को प्राय रिसले आफैलाई घाटा हुने गर्छ । सानो पोष्टका मानिस देखी उच्च अहोदामा रहेका व्यक्तिले समेत आफ्नो रिसलाई काबुमा राख्न नसक्दा पद मुक्त हुनु पर्ने तथा ठुलै आलोचना खेप्नु पर्ने अवस्था समेत सृजना हुन्छ । धेरै मानिसमा यस्तो समस्या हुन्छ ।

तर प्रत्यक्ष परोक्ष रुपमा यस्ता रिसाहा बानीले हाम्रो जिवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पू¥याउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ ।

  • यदि तपाइँलाई निकै रिस उठेको छ भने, १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्द्रित हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।
  • आफ्नो दिमाखलाई रिस उठेको कुराबाट भंग गर्न अन्य कुराहरुमा मोड्नुहोस् । जुन कुराले तपाईलाई हासो खुशी मिल्छ त्यस्ता कुरालाई दिमाखमा खेलाई राख्नुहोस् ।
    जसका कारण तपाईंलाई रिस उठेको हुन्छ । चाहे घरपरिवारका मान्छे, साथीसँगी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् तपाइँ रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् ।
  • लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।
  • रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइँ धेरै हद सम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन । जब रिसको पारो अलिकति ओर्लिन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइँले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस् ।
  • योगा तथा व्यायमले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यसले मानसिक शान्ति प्रदान गर्नुका साथै तनाव कम गर्न सघाउ पु¥याउँछ । ध्यान तथा योगाले व्यक्तिको सोँच्ने तरिका तथा परिस्थितिलाई झेल्ने क्षमताको विकाश गराउँछ र जसका कारण रिस नियन्त्रण गर्न सघाउ पुग्छ ।
  • अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस् । कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ । यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको कारक तत्व पनि साम्य हुन्छ ।
  • रिस उठेको बेलामा प्राय मानिसको रगत तात्तिने हुन्छ । सो समयमा चिसो पानी खानुहोस् र आफुलाई खुशी मिल्ने काममा आफ्नो ध्यान मोड्नुहोस् ।
  • रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस् । गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ पुग्नेछ र रिसको पारो तल ओर्लनेछ ।

प्रतिक्रिया