ती ७ व्यक्तिलाई कहिल्यै नगर्नुस् नमस्कार

रिता घिसिंग

एजेन्सी : सामान्यतया आफूभन्दा ठूलाको मान र सम्मानको लागि हिन्दु परम्परा अनुुसार नमस्कार गर्ने चलन चल्दै आएको छ । हाम्रो समाजमा नमस्कार नगर्ने व्यक्तिलाई चढेको र घमण्डीको संज्ञा दिइन्छ । तर समाजमा कोहि यस्ता व्यक्ति पनि हुन्छन् जसलाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ ।हिन्दु शास्त्रका अनुसार कतिपय नेपाली संस्कृतिमा त्यस्ता समय पनि हुन्छन् त्यतिबेला नमस्कार गर्नुलाई विलकुलै राम्रो मानिदैन र संस्कार नपाएको आरोप समेत लाग्न सक्छ ।

ती व्यक्ति जसलाई कहिल्यै नमस्कार नगर्नुस्

मुर्ख मानिस
आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

नुहाइरहेको व्यक्ति
नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।

दौडिरहेको व्यक्ति
दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

धनको अंहकार गर्ने व्यक्ति
यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

पानीमा रहेको व्यक्ति
पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

जुठो परेको व्यक्ति
यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

टाढा रहेको व्यक्ति
आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।

प्रतिक्रिया