तेज कुमार खवासको नयाँ गीत “गोरी गोरी” सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १५ जेठ : लामो समयदेखि गीत संगीतमा सक्रिय हुदैँ आएका साथै आफु प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुदै आएका कलाकार तेज कुमार खवासको आवाजमा सजिएका नयाँ गीत “गोरी गोरी“को भिडियो बजारमा आएको छ ।

”चुलबुले कान्छी नक्कली मोरी” गीत बाट सर्वाधिक चर्चा कमाएका तेजले पछिल्लो समय “गोरी गोरी“ बजारमा ल्याएको बताए । तेज कुमार खवासको शब्द तथा संगीत गीतमा रहेको छ । आफ्नी मायालुको यादले निकै सताएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

आफ्नी मायालुको नजर र रुपमा निकै कायल भएको कुरा उनले गीतमा ब्यक्त्त गरेका छन । पुष्कर सुनुवारको एरेन्ज रहेको गीतको भिडियोमा दिपक गिरी र पदम बोहराको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा पि के इन्टरटेन्मेन्टको निर्देशन रहको छ । “गोरी गोरी“ गीतको भिडियोमा पुष्कर दाहाल र नम्रता लिम्बुको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया