तेह्र वर्षीया नव गायिका विष्णा विश्वकर्माको आवाजमा “सरर मायाँ सरर” गीतको भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १ पुष : तेह्र वर्षीया नव गायिका विष्णा विश्वकर्माको आवाजमा रहेको “सरर मायाँ सरर” को गीत सार्वजनिक भएको छ।

गायक तथा संगीतकार ओम सुनारको शब्द संगीतमा तयार भएको गीतमा विष्णाको अलावा गायक ओम सुनारको आवाज रहेको छ । उक्त गीतमा नायिका शिल्पा पोखरेल, नायक रोहित रुम्बा, मोडल चन्दु ताम्राकार र लक्ष्मी शाहीको अभिनय रहेको छ। विपन्न परिवारकी विष्णाको सहयोगको लागी भारतमा बस्दै आएका सहयोगी प्रेम जैगड़ी, प्रेम मयाल र दिपक जैगड़ीले सहयोग गर्नु भएको छ।

गीतको भिडियोमा दिब्य सुबेदीको सिनेमाटोग्राफी र गौतम राज खडकाको सम्पादन रहेको छ भने राहुल श्रेष्ठ र दिलिप मयालको कोरियोग्राफी रहेको छ। पश्चिमेली लोक फ्लेबरको यस भिडियोलाई गायक तथा संगीतकार ओम सुनारले निर्देशन गरेका हुन्।
हेर्नुहोस “सरर मायाँ सरर” गीतको भिडियो :

प्रतिक्रिया