त्रिभुवन आर्मी क्लब च्याम्पियन

admin

काठमाडौँ, २० पुस : प्रथम एभरेष्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । ललितपुरको भैँसेपाटीमा आज सम्पन्न च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कास्यका साथ आर्मी च्याम्पियन बनेको हो । च्याम्पियनसिपमा सितापाइला तेक्वान्दो डोजाङ दोस्रो भयो । सितापाइलाले १९ स्वर्ण, पाँच रजत र सात कास्य जित्यो । यसैगरी तेस्रो भएको कोटेश्वर डोजाङले पाँच स्वर्ण र चार रजत प्राप्त ग¥यो । च्याम्पियन बनेको आर्मीले रु एक लाख, दोस्रो सितापाइलाले रु ५० हजार र तेस्रो भएको कोटेश्वरले रु २५ हजार प्राप्त ग¥यो ।

च्याम्पियनशिपमा बाराका सुदीप नेपाली र कोटेश्वरकी सुष्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै सुरेन्द्र खड्गी उत्कृष्ट रेफ्री चुनिए । उनीहरूले जनही रु १० हजार प्राप्त गरे । तीन दिने च्याम्पियनसिपमा १०० किलो तौल समूहमा एक हजार २०० खेलाडीले प्रतिस्पर्धा गरेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

विजेतालाई प्रतिनिधिसभा सांसद पम्फा भूसाल र नवराज सिलवालले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँहरूले खेल क्षेत्र र खेलाडीको व्यक्तित्व विकासका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँहरूले खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्था बनाउनुपर्ने चुनौती वर्तमान खेल सम्बद्ध पदाधिकारीको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया