दयाहाङ राईको चलचित्र ‘आप्पा’को गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नायक दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’को गीत सार्वजनिक भएको छ। ‘हावा सरर’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो।

गीतमा स्वर थुप्देन भुटिया र स्नेहश्री थापाको रहेको छ भने सङ्गीत अनमोल गुरुङको रहेको छ। गीतको शब्द उमेश उपमाले लेखेका हुन्। चलचित्रलाई अनमोल गुरुङले निर्देशन गर्दैछन् । दयाहाङसँगै चलचित्रमा सिद्धान्तराज तामाङ, अल्लोना काबो, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारले पनि अभिनय रहेको छ। चलचित्र आगामी जेठ २४ मा रिलिज हुँदैछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया