दयाहाङ र लक्ष्मीद्वारा अभिनित “परानै दिन्छु” गीतको भिडियो चर्चामा[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ७ जेठ : म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र फिल्ममा लोक फ्युजनका गीत संगीतको ट्रेन्ड अहिले नेपाली संगीत बजारमा छ। डिजिटल बजारमा उपलब्ध यी गीत संगीतको चर्चा र आयु कति होला धेरैमा केही महिना । भिडियो हिट हुन्छ भिडियोका मोडेल र डान्सर हिट हुन्छन तर गायक, संगीतकार र रचनाकार भने सधै छाँयामा पर्छन।

सिर्जनामा दम छ भने गायक, कलाकार र रचनाकारको पनि खोजी, प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण हो ‘परानै दिन्छु’ गीतको म्युजिक भिडियो । छोटो समयमा नै लोकप्रीय बनेको यस गीतको भिडियो धेरै दर्शकले हेरका छन भने मिडिया र दर्शक श्रोताबाट राम्रो रिभिउ पनि प्राप्त भइरहेको छ।

प्रलाद शाहको शब्द, हरि लम्सालको संगीत तथा चर्चित गायिका मेलिना राई र हरि लम्साल स्वयमको आवाज रहेको गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।

अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरे जस्तै लाग्ने भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने विकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया