दर्शकको रोजाईमा पर्दै तेजस र सोनाको “किन हो बिर्सने”…. [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १४ जेठ  : गायक तथा मोडल तेजस रेग्मी र सोना केसीको आवाजमा “किन हो बिर्सने” बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक भएको यस गीतमा सिता श्रेष्ठ, सुस्मिता घर्तिमगर, सुनिल परियार र बाबुकृष्ण परियारको समेत स्वर रहेको छ ।

गायक तथा मोडल तेजस रेग्मि स्वयमकै शब्द/रचना तथा संगीत सिर्जना रहेको गीतमा कृष्ण बिके ‘भान्जा’को एरेन्ज रहेको छ ।

तेजस रेग्मी, चक्र बम र सोना केसीको अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा शम्भु चालिसेको छायांकन, चर्चित कोरियोग्राफर शिव बिकको निर्देशन तथा कोरियोग्राफी र सुजन शाहीको सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया