दशैँको मुखैमा झन् अकासियो सुनचाँदीको भाउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ असोज : आज साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ झन् अकासिएको छ । हिजो मंगलबार प्रतितोला १ सय रुपैयाँ बढेको सुनको भाउ आज एक्कासी ६ सय रुपैयाँ बढेको हो ।

आज प्रतितोला ६ सय रुपैयाँ बढेर छापावाल सुन ७२ हजारमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेको छ। हिजो प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार तेजावी सुन आज ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया