दशैँ लागेसँगै सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्यो, आज कतिमा कारोबार हुँदैछ ?

शर्मिला गुरुङ

काठमाडौँ, १४ असोज  : आज साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ दिनप्रतिदिन ओरालो लाग्दै गइरहेको छ । आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले ओरालो लागेको छ ।

हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८ सय रुपैयाँले घटेर ६९ हजार २ सयमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया