दशैंमा स्वस्थ मासु खुवाउने महानगरको योजना

admin

काठमाडौं, असोज २० :काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ । कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले यो बर्ष रोगी खसीबोका जफत गर्ने बताए ।

दशैंको मौका छोपेर राजधानीका चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसी बोका बिक्री गर्ने प्रचलन बढेको उनले बताए । उनका अनुसार, स्वच्छ मासु प्रयोग गर्न नाका नाकामा परीक्षण गरिनेछ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रतिक्रिया