दाङ दुर्घटनाका घाइतेलाई चारलाख तिरेर हेलिकप्टरबाट काठमाडौँ ल्याईयो

admin

लमही, २५ असोज : दाङमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टर चार्टर गरी आज काठमाडौंँ लगिएको छ ।


दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमा बस र मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका तिनलाई रु चारलाख तिरेर हेलिकप्टरबाट राजधानी लगिएको हो ।

खुट्टाको हाड नै भाँचिएका उनीहरुलाई दाङका कुनै पनि अस्पतालमा उपचार सम्भव नभएपछि त्यता लगिएको हो । आज बिहान ९ बजे भएको दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं २ निवासी ३९ वर्षीय प्रकाश केसी र उनकी श्रीमती ३६ वर्षीय सुनिता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रकाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाइकल ठोकिएका थिए । रासस

प्रतिक्रिया