वैवाहिक जीवनलाई बलियो र सुखमय बनाउन चहानुहुन्छ भने यी कुरा आजै देखि छाड्नुहोस्

मनिषा थापा

एजेन्सी  :  विवाह टुट्ने कारण केलाउने हो भने कुनै कुनै त साह्रै सामान्य कारण समेत आउँन सकछन । कतिपय जोडीले चाल नै पाउँदैनन् कि उनीहरुबीच के समस्या थियो । सबै जोडीमा आफ्नो दाम्पत्य जीवन सुखद् होस् भन्ने चाहाना हुन्छ । तर नचाहाँदा नचाँहादै पनि बैबाहिक जीवन भत्किन्छ र कैयौं जोडी छुट्टिन्छन् । यहाँ बैबाहिक जीवनमा समस्या आउन लागेका संकेतबारे केही उपाय दिइएको छ । जुन तपाइँलाई यस्ता समस्याबाट जोगिन सहयोगी बन्न सक्छ ।

१. विगतको विषयमा बढि कुराः
जव जोडीहरु विगतका विषयमा बढी कुरा गर्छन् र एक अर्कालाई नाम काढेर बोलाउने वा गाली गर्ने तह सम्म उत्रन थाल्छन् तव बुझ्नु पर्छ कि सम्बन्धमा गम्भिर समस्या छ ।

२. झगडाः
दम्पतिबीच सामान्य भन्दा सामान्य विषयमा पनि झगडा हुन थाल्यो वा झगडाका लागि मात्र कारण खोज्न थाले भने उनीहरुको सम्बन्धको भविषय धरापमा छ ।

३. एकल निर्णयः
दम्पतिमा राम्रो सम्बन्ध रहे सम्म एक अर्कालाई सोधेर सल्लाह गरेर निर्णय लिने हुन्छ । तर जव सम्बन्धमा तिक्तता आउँछ तव एक्ला एक्लै निर्णय लिने र एक अर्कालाई सोध पुछ नै नगर्ने हुन थाल्छ । यस्तो हुन थाल्यो भने सम्झनुस् दाम्पत्य जीवन धरापमा छ। यसमा मुख्य भुमिका अहमको हुन्छ ।

४. इर्श्याः
दम्पतिमा समान्यतया स्वस्थ प्रतिस्पर्धा हुन्छ । तर जव समस्या आउँछ तव एक अर्कालाई होच्याउने वा अर्काको प्रगतिबाट जल्ने समस्या देखिन थाल्छ । मुख्य समस्या त एक अर्कालाई विश्वास गर्न छोडिन्छ ।

५ . परिवार भित्रै एक्लोः
जव पार्टनरबीच राम्रो सम्बन्ध हुन्छ उनीहरुले परिवारलाई हाम्रो भन्छन् । तर समस्या आउन थालेपछि मेरो भन्ने भावना प्रधान हुँदै जान्छ जुन दाम्पत्य जीवनका लागि खतरनाक संकेत हो ।

६. छलछामः
जव दम्पतिमा विश्वास हराउँदै जान्छ । अनि एक अर्कासँग झुट बोल्ने विवाहेत्तरका सम्बन्धमा आउने जस्ता समस्या देखिन्छन् । जव यस्तो कुरा सतहमा आउँछ त्यसपछि परिवार टुक्रिनुको विकल्प हुँदैन ।

७. शारीरिक सम्बन्धमा उपेक्षाः
जब जोडीबीच बैमनस्यता बढ्दै जान्छ । यौन सम्बन्ध गौण बन्छ । यसमा कुनै रस हुँदैन । यदी यौन गौण बन्न थाल्यो भने पनि बैबाहिक सम्बन्ध धरापमा पर्छ ।

८. सुल्झाउने भन्दा बल्झाउनेः
राम्रो सम्बन्ध हुँदा दम्पतिमा सामान्य समस्या आए भने सुल्झाउनेप्रति ध्यान हुन्छ । तर जव एक अर्काप्रति तिक्तता बढी हुन्छ तव समस्याको समाधान भन्दा थप समस्या निम्ताउने प्रवत्ती बढी देखिन्छ । यो पनि दम्पतिका लागि घातक संकेत हो ।

९. सम्वादविहिनताः
जोडीबीच सम्बन्ध राम्रो हुँदा चाहिने भन्दा पनि बढि कुराकानी हुन्छ । तर सम्बन्ध विग्रन थालेपछि भने उनीहरुबीच अत्यावश्यक समयमा समेत सम्बाद हुन छाड्छ । जब सम्बादविहिनता बढ्दै जान्छ त्यसले सम्बन्ध अन्त्यतिर आइपुगेको डरलाग्दो संकेत मात्र गर्छ । तर माथि उल्लेखित कुरामा समयमै ध्यान दिने हो भने चाँही समस्याको समाधान निस्कने र वैवाहिक जीवनमा नयाँ पन आउने सम्भावना रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू