दाेहाेरि गीत दिदि भाई बजारमा ( भिडियाे सहित)

admin

दिदी भाईकाे पारिवारिक सुख दु:ख लाई समेटेर दिदी भाइ दाेहाेरि गीत डिजिटल बजारमा आएकाे छ । गीतमा शब्द महेश नेपाल र लय ख्याति प्राप्त लाेक गायिका गीता देवीकाे रहेकाे छ । गीता देवीकाे संगीत रहेकाे उक्त गीतमा संगीत संयाेजन विष्णु तामाङले गरेका छन् भने दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाकाे स्वर रहेकाे छ ।

सागर गाैतमकाे छायांकन रहेकाे गीतमा रमित वलीकाे सम्पादन रहेकाे छ । सबिन गाैतमकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेमा स्वंय सबिन गौतम, सुमित्रा तिमल्सिना र हरि कुवरले अभिनय गरेका छन् । म्युजिक भिडियाेकाे साई कुमारि डिजिटल मिडियाले उत्पादन व्यवस्थापन गरेकाे हाे । डि.ए.आर मुभिज एन्ड फिल्मसकाे अफिसियल युटुव च्यानलबाट गीत डिजिटल बजारमा आएकाे छ ।

प्रतिक्रिया