दिदीबहिनी छुट्टाउन मुश्किल, नायिका श्रेया भन्छिन, ‘म ब्वाईफ्रेन्ड बनाउदिन, प्रदिप खड्कालाई दाई चाँही बनाउछु’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : मोडल तथा नायिका श्रेया कार्की म्यूजिक भिडियो देखि सानो पर्दाको शुटिङमा व्यस्त छिन्। चलचित्र ‘बागमती’मा छोटो भूमिकामा काम गरेकी यी अभिनेत्री हालै नेपाल टेलिभिजन द्वारा प्रसारण भएको टेलीसिरियल ‘डियर जिन्दगी’मा मुख्य भूमिकामा देखिएकी छिन्।

नायिका श्रेयाले बहु चर्चित गीत ‘हाम्रो गाउँले जीवन’को रिमेकमा देखिने भएकी छिन्। सोहि गीतको प्रेसमिटमा उनी सँगै उनको दिदि शितल कार्कीको पनि सहभागीता रहेको थियो। श्रेयाको दिदी हुबहु श्रेया जस्तै देखिन्छिन। उनीहरु एकदमै मिल्ने गर्दछन।

पिएनपिखबरसँगको कुराकानीको क्रममा नायिका श्रेयाले भनिन्, ‘हाम्रो साथी छैन हामी एक अर्काको लागि साथी जस्तै छौ र हरेक कुराहरु शेयर पनि गर्छौ।’ श्रेयाको दिदीलाई पनि कलाकारिता क्षेत्रमा आफ्नो रुची रहेको जनाईन।

नायिका श्रेयाले अहिले चलिरहेको मीटु अभियानको बारे बोल्दै भनिन्, ‘यो एकदम नै राम्रो अभियान हो। यदि कसैमाथि शोषण भएको छ भने आवाज उठाउनुपर्छ र त्यस आवाजलाई सबैले साथ् दिनुपर्छ। अन्याय सहनु हुँदैन, चाहेको ठाउँमा आवाज उठाउनुपर्छ। मलाई आजसम्म त्यस्तो दुर्व्य्वाहार भएको छैन।’

श्रेयाले आफु अहिलेसम्म प्रेंम सम्बन्धमा नरहेको बताइन। उनलाई हरेक कुरा दिर्घ होस् भन्ने सोच राख्छिन। ”म बोईफ्रेन्ड बनाउदिन बरु प्रदिप खड्कालाई दाई चाहिं बनाउँछु, ”उनले भनिन्।

श्रेयालाई हालै थुप्रै फिल्मको अफरहरु पनि धेरै आएका छन्। आफु शिरियलमा आबद्ध भएको कारण अन्य फिल्म तत्काल साईन नगर्ने बताइन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू