दिनदहाडै कालोपुलमा प्रहरी र गुण्डा समूहबीच गोली हानाहान, प्रहरीको गोली लागेर ‘खुंखार डाका’ राजन लिम्बु घाइते

मनिषा थापा

काठमाडौँ  :  प्रहरी र गुण्डा समूहबीच काठमाडौँको कालोपुल धोबिखोला  करिडोरमा मुडभेट भएको छ। मुडभेटका क्रममा गोली चल्दा ‘खुंखार डाँका’ राजन लिम्बु घाइते भएका छन् ।

प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लागिएको छ । प्राप्त जानकारी अनुसार लिम्बु चोरी डाँका मुद्दाका फरार अभियुक्त रहेको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा लिम्बुले पहिला प्रहरी माथि गोलि प्रहार गर्न खोजेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको एक टोलिले फरार लिम्बुलाई नियन्त्रणमा लिन एक राउण्ड गोली प्रहार गरेको बताइएको छ । प्रहरीले लिम्बुका साथबाट टाइप फिफ्टीफोर नामक हतियार एकथान बरामद पनि गरेको छ।

प्रतिक्रिया