दिपक लिम्बुको आवाजमा ‘आँशु झर्यो’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाण्डौं, ३० वैशाख : गायक दिपक लिम्बुको आवाजमा सजिएको निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा समेटिएको गीतमा विछोडको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ।
दामोदर गौत्तमक शब्दमा तयार भएको गीतमा रियाज सिवाकोटीको संगीत रहेको छ भने उक्त गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

‘आँशु झर्यो’ गीतको भिडियो हेर्नुहोस :

प्रतिक्रिया