दिलनिशानी मगरलाई मिना ढकालको खतरा जवाफ, ‘मलाई पोइ खोज्न जरुरत छैन’

मनिषा थापा

भक्तपुर : दिल निशानी मगर बेलाबेलामा आफ्ना विवादित पोस्टका कारण चर्चामा आइरहन्छन् । उनले फेसबुकमा मात्र नभइ ट्वीटरमा समेत विवादित टिप्पणीहरु गर्ने गरेका छन् । उनका पोस्टहरुमा उनीमाथि निकै भद्दा टिप्पणी र गालीगलौज आउने गरेको छ । 

त्यस्तै सामाजिक संजाल फेसबुकमा आफूबारे विवादास्पद टिप्पणी गरेका पत्रकार दिल निशानीलाई मिना ढकालले जवाफ दिएकी छिन् । दिल निशानीले मिना ढकालको बारेमा निकै विवादित फेसबुक स्टाटस लेखेका थिए।

उनले ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’ भन्दै फेसबुकमा पोस्ट गरिन् । उनले यो पोस्ट गरेसँगै कमेन्टमा गाली तथा व्यङग्य आउन थाले । त्यसको भोलिपल्ट नै निशानीले फेरि अर्को विवादित पोस्ट गरिन। उनले ‘मैले भाउजु स्यार्छु भनेको त मिना ढकालजीलाई पो हो। उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए।’ भन्दै अर्को विवादित स्टाटस लेखे ।

उनले दिल निशानीलाई सम्बोधन गर्दै उनका कुरा ‘सानातिना’ भएको टिप्पणी गरिन् । उनले निशानीका विवादित स्टाटसलाई लक्षित गर्दै भनिन् ‘मलाई यस्ता सानातिना कुराले कुनै फरक पार्दैन तर मेरो सन्तानलाई भने असर पर्न सक्छ।’

पिएनपिमिडियासँगको कुराकानीमा उनले भनिन्, ‘मैले दिल निशानी मगरलाई त्यति राम्ररी चिनेको छैन। स्टाटस देखेपछि मैले उनलाई यसले मेरो सन्तानलाई असर पर्ने र आफुलाई कसैको पनि खाचो नभएको भनेपछि त्यसकै भोलीपल्ट माफी मागिन निशानीले।”

पछिल्लो समय मिना ढकाल समेत सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । उनका केही कामहरु पछिल्लो समय विवादमा पनि तानिएका छन् । मनोज गजुरेलसँगको डिभोर्स पछि आफ्नी छोरीसँग बस्दै आएकी मिनाले आफु इन्केज रहेको खुलासा गरिन। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू