दिवस गौतमको ‘बुढी हराई’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १८ पुस : गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा लोकदोहोरी गीत ‘बुढी हराई’ सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले वार्षिकउत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत ‘बुढी हराई’ सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।

दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा परदेश गएका हजारौँ युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफ्नी प्राणप्यारीले अरुलाई नै लिएर बेपत्ता हुने गरेको यर्थात कुरालाई देखाउन खोजिएको छ । परदेशमा रहेका परदेशीको सत्य भोगाईलाई गीतमा समेटिएको छ ।

भिडियोमा जनक अधिकारीको छायाँकन, मिन प्रकाश ओलीको निर्देशन रहेको भिडियोमा दिवस गौतम, संगिता र मधु भटटको जिवत्त अभिनय रहेको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतमा सुवास कुथुमी राईको रेकर्डिङ छ ।

‘बुढी हराई’ गीतको भिडीयो हेर्नुहोस:

प्रतिक्रिया