दीपिका पादुकोण र रणवीर सिंहपछि कपिल शर्माद्वारा पनि विवाहको मिति घोषणा

रिता घिसिंग

एजेन्सी : दीपिका पादुकोण र रणवीर सिंहपछि अब चर्चित कमेडियन कपिल शर्माले आफ्नो विवाहको मिती घोषणा गरेका छन्। भारतीय संचारमाध्यमका अनुसार कपिल शर्माको विवाह १२ डिसेम्बरमा गिन्नी चतरथसँग जालन्धरमा हुने तय भएको छ। २ अप्रिल, १९८१ मा अमृतसरमा जन्मिएका कपिल बुवा प्रहरी हवल्दार थिए भने आमा गृहणी हुन्। कपिल सानैदेखि गायक बन्न चाहन्थे। तर गायकीमा आफू फिट नहुने देखेपछि कमेडीतर्फ आकर्षित भए।

हिन्दू कलेज अमृतसरमा अध्ययन गरेका कपिलले पढाइपछि अमृतसरमा एक लोकल पीसीओमा काम सुरु गरेका थिए। त्यही बेला उनले पंजाब नाट्यशालामा भर्ना भएका थिए। जहाँ उनी प्रस्तुती दिनुका साथै विद्यार्थीलाई अभिनय पनि सिकाउँथे। ग्रेजुएशनपछि उनी मुम्बई आए।

२०१७ मा ‘कफी विथ करन’ मा पुगेका कपिलले आफू मुम्बई कमेडियन बन्न नभइ गायक बन्न आएको खुलासा गरेका थिए। तर जसै उनले मुम्बईमा गायकको भीड देखेपछि उनले कमेडियन बन्नु नै उचित ठाने।

कपिललाई पहिलो अवसर २००६ मा आएको टेलिभिजन शो ‘हंसदे हंसादे रावो’ मा प्राप्त भयो। २००७ मा टेलिकास्ट भएको ‘द इण्डियन लाफ्टर च्यालेन्ज सीजन–३’ जितेर उनी चर्चित भएका थिए। उक्त शोको प्राइज मनीका रुपमा उनले दश लाख रुपैयाँ जितेका थिए। त्यसपछि कपिल ‘कमेडी सर्कस’, ‘झलक दिखला जा’ र ‘कमेडी नाइट विथ कपिल’ मा देखिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू