दुई वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

कृष्ण रोकाया

काठमाडौँ, २८ पुुुस: महानगरीय अपराध महाशाखाले रु १२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले ललितपुर महानगरपालिका–३ स्थित बिटुलिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठको जाहेरीका आधारमा जिल्ला अदालत ललितपुरबाट सजाय तोकिएका रु १२ करोड ३५ लाख ९६ हजार ५०४ ठगी गरी फरार भक्तपुरका ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले विसं २०७४ मङ्सिर १४ को फैसलाअनुसार जरिवाना र कैद सुनाएका दाहाललाई शुक्रबार बालुवाटारबाट पक्राउ गरीएको जानकारी दिनुभयो । पक्राउ दाहाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रवक्ता उप्रेतीले बताउनुभयो । रासस

प्रतिक्रिया