दुनियाँलाई चकित पार्दै नेपालकै कान्छो बिजनेसम्यान, यसो भन्छन उनका बाबु (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण अगाडी एउटा बालक ढुंगा बेच्ने काम गर्छन। उनले ढुंगामा आफैले विभिन्न चित्र कोरेर आकर्षक बनाई बेच्छन । उनले यो सब पैसाको अभाब भएर गरेका हैनन् न उनको यो कुनै बाध्यता। उनी ढुंगा बिक्रि गरेर आएको पैसा समाजसेवामा लगाउँछन। उनी एक सपन्न परिवारका छोरा हुन्। उनको नाम जंग स्ट्रोङ्ग मल्ल हो। उनी दुबईमा बस्ने गर्छन र आफ्नो स्कुलको विदामा नेपाल आई ढुंगा बेच्ने गर्छन।

उनको बुबा सुनिल जंग मल्लको दुबईमा लाखौको विजनेश छ। बुबाबाट प्रेरित भएर उनले यो व्यवसाय रोजेका हुन्। उनको बुबाले उनलाई पैसाको महत्व सिकाएका थिए। बुबाको मार्ग निर्देशनमा नै उनले यस व्यवसायको सोच बनाएका हुन्। उनका बुबाले ६ वर्षको उमेर हुँदा भनेका थिए – ‘जति तिम्रो बुबा आमाले कमाएको देख्छौ त्यति नै आफै कमाउन पर्यो भने निकै ग्राहो छ। हामी त तिम्रो आधारभूत आबश्यकता मात्र पुरा गर्ने हो। आफ्नो पहिचान आफै बनाउनु जरुरी छ।’ उनको बुबाले त्यो एक चुनौती र ठट्यौली पाराले भनेका थिए। तर जंगको मानसपटलमा भने गहिरो छाप परेको थियो। त्यहाँबाट उनी के बिजेनेश गर्ने भनेर सोच्न थाले। पछि उनको बाबाकै सल्लाहमा ढुङ्गालाई सजाएर बेच्ने सिक पाए।

उनको बुबाको अनुसार, जंगले शुरुवातमा ढुंगा खोजेर जस्तो आउंछ त्यस्तै ढुंगामा कोर्न थाले। पछि उनले र उनकी श्रीमतीले नै मस्यांदीमा गएर राम्रो ढुंगा किनेर ल्याई उनलाई सिकाए। सन् २०१६ बाट शुरुवात गरेका उनले आजको दिनमा धेरै ढुंगा बेचिसकेका छन्। विदेशी देखि स्वदेशीले समेत उनले तयार पारेको ढुंगा किन्न आउने गर्छन। यति सानो उमेरमा एउटा उधमी बनेका जंगको देश बिदेशमा चर्चा छ। उनलाई नेपालकै कान्छा उद्मी भन्दा केहि फरक नपर्ला।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू