विश्वकै ६ खतरनाक भाइरसले भरिएको ल्यापटप १३ करोडमा बिक्यो जसले गरेको थियो १०० करोड डलरको नोक्सान

रिता घिसिंग

पिएनपिखबर : विश्वकै ६ खतरनाक भाइरस वाला ल्यापटप अनलाईन मार्फत बिक्रि भएको छ। यसको मुल्य नेपाली १३ करोड ४२ लाख ३८ हजार (१२ लाख डलर)रहेको छ। यस भाइरसले दुनियाभरमा १०० करोड डलर भन्दा पनि बढीको नोक्सान गरिसकेका छन्। यसैले यसलाई दुनियाकै सबै भन्दा खतरनाक मेसिन मानिन्छ।

स्यामसुङ एनसी १०- १४ जिबी १०.२ इन्चको ल्यापटप (२००८) लाई The Persistence of Chaos आर्ट वर्क नाम दिएको छ। यसमा विन्डो XP छ। यसको लिलामी साइबर सिक्युरिटी फर्म डीप इन्स्टिंक्टले गरेका हुन्। फर्म भन्छन यस भाइरसबाट खासै ठुलो नोक्सान हुदैन। यस ल्यापटप एयर-गैप्स हो। अर्थात इन्टरनेट जोडिएको छैन। जसकारण अरु नेटवर्कमा भाइरस फैलिन पाउदैन। साथै खरिदारलाई यो ल्यापटप दिनु अघि यसको इंटरनेट कैपबिलिटीको डिसेबल गरिदिनेछ।

यस भाइरसको नाम आईलवयू, माईडूम, वानाक्राई, डार्क टेकुला र ब्लैक एनर्जी भाइरस हो। जानकारीका अनुसार भाइरसले भरिएको यस मेसिन बिक्न असम्भब थियो। यसैले यसलाई आर्ट वर्कका लागि बेचिएका हुन्। लिलामीको लिस्टिंग पेजमा स्पष्ट लेखिएको छ। ऑक्शन मात्र एकेडेमिकका कारण गरिएको हो। किनकी ऑपरेशनल लक्ष्यले जुनसुकै सामान बेच्न गैर-कानूनी मानिन्छ।

यस भाइरसले आज पनि भारी नोक्सान पुर्याउन सक्छ। पहिले पनि यसले भारी नोक्सान पुर्याएको थियो। वानाक्राई रेनसमवेयरका कारण यूकेको नेशनल हेल्थ सर्विसको १०० करोड डलरको नोक्सान पुर्याएको थियो। भने पुरै दुनियाका करिब २ लाख कम्प्युटर प्रभावित भएको थियो। सन् २०१५ मा यूक्रेनमा ब्लैकएनर्जी भाइरस ब्लैकआउका कारण बनेको थियो।

प्रतिक्रिया