दुवै आँखा नदेख्ने नन्दाले गाईन चेलीबेटी बेचबिखनबारे ३ करोड नेपालीलाई रुवाउने गीत [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। नन्दा सिङ कालिकोटकि वासिन्दा हुन्। हाल उनी कपनमा बस्छिन्। उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो। उनको जीवनको कथा निकै बेग्लै छ। सायद सुन्दा काल्पनिक कथा जस्तो लाग्ला तर यो उनको जीवनमा घटेको उनको यथार्थ घटना हो।

उनी तिन वर्षको उमेर हुँदा ६ महिना सम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन। उनी झन्झनै सिथिल हुदै गइन्। उनको अन्तिम अवस्था भइसकेको थियो। अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे। करिव ४ बजे तिर उनलाई मरेको सोचेर सेतो कपडाले बाधेर राखिएको थियो। उनको संस्कार अनुसार बच्चालाई बिहानपख मात्र दाहसंस्कार गर्नु पर्ने भएकोले। त्यो रात त्यसै राखियो। रातको करिव १ बजे तिर उनी ब्युझिन्।

उनले पुनर्जीवन पाइन्। उनको स्वाश त फिर्ता आयो तर ज्योति भने गुम्यो। उनी दृष्टिबिहिन भइन्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन। उनलाई कहिले पनि दशैँ आएको जस्तो महशुस भएन। सबै दिन उनको लागि सामान्य जस्तो नै हुन्थ्यो। उनलाई न मिठो खान दीइन्थ्यो न नयाँ कपडा किनिन्थ्यो। उनले बाल्यकालको कुरा स्मरण गर्दै भनिन् , ‘मलाई अरु सन्तान भन्दा अपहेलना गर्ने, मायाममताको सट्टा गालीगलौज गर्ने गर्थे। घरमा मलाई राम्रो व्यवहार भएन। ‘

घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन्। उनलाई काठमाडौँमा पढेर आफु बस्ने कोठा सम्म पुग्न दुइ तिन घण्टा लाग्दथ्यो। उनी सजिलै कलेज सम्म त जान्थीन् तर फर्किने बेलामा बाटो बिर्संथिन्। एताउता घुम्दाघुम्दै उनको समय त्यत्तिकै खेर जान्थ्यो। यसरि आफु बस्न्ने ठाउँ पनि ठम्माउन नसक्दा उनलाई निकै पिडा हुन्थ्यो। सानैमा बरु मरेको भए अहिले दुख पाइदैनथ्यो भन्ने सोच उनको मनमा आउथ्यो। उनी आफ्नो लाचार अवस्थाका कारण घन्टौ एकान्तमा बसेर रुन्थिन्।

केहि समय बित्दै गए पछि उनलाई हिडडुल गर्न , ठाउँ ठम्माउन सजिलो हुँदै गयो। उनी भन्छिन् ,’अहिले आखाँ देख्ने मानिस मलाई ठाउँ सोध्छन् म सजिलै बाटो देखाईदिन सक्छु र देखाईदिन्छु पनि। ‘ काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो। महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन्। ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन्। एकदिन उनि गोपीकृष्ण नजिकको पुलबाट नै खसिन्। त्यसपछि उनको ठाउँमा अरुलाई नै राखेको उनले खबर पाइन्। हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्।

आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल १० जना बच्चालाई आश्रय दिइरहेकी छिन्। उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निशुल्क पढाउन सहयोग गरेकी छिन्। आफ्नो गाउँमा बालविवाह देखि अन्याय अत्याचार भएको ठाउँमा अवाज उठाउन समेत उनी पछि पर्दिनन्।

अन्तरदृष्टि नेपाल नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय त छिन् तर आर्थिक रुपमा उनलाई व्यवस्थापन गर्न निकै गार्हो छ। एक त उनी आँखा देख्दिनन् त्यहिँ माथि उनको केहि काम पनि छैन त्यसैले पनि जिनतिन आर्थिक स्थिति सम्हालि रहेकी छिन्। उनलाई पनि आँखाको उपचार गरेर संसार हेर्ने रहर छ। संस्थामा आफुले लालनपालन गरेका बालबालिका हेर्न मन छ। 

तपाई हाम्रो सानो सहयोगले कसैको जीवन उज्वल हुन्छ भने हाम्रो सहयोगी हात किन अघि नबढाउने। सके धेरै नसके थोरै भए पनि सबैले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सहयोग र सहकार्यका लागि:
नन्दा सिंह : ९८४८०१७००७

हामी मार्फत सहयोग गर्न चाहेमा
पिएनपि मिडिया: ९८५१०१८०६३ / शर्मिला गुरुङ्ग: ९८८०३९६४५२ / मनोज खड्का: ९८६०३०१४९०

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू