मृगौला पिडित श्याम श्रेष्टको यस्तो बिन्ती : मलाई सहयोग गर्नुहोस, मेरो ५ वर्षीय छोराको लागि बाच्न चाहान्छु (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : स्थाई घर सप्त्तरी जिल्ला भई हाल सुर्यविनायक बस्दै आएका श्याम लाल श्रेष्ठको दुवै मृगौला फेल भएको छ। उनी विगत ४ वर्ष देखि मानव अंग प्रत्यारोपण केन्द्रमा आफ्नो डायलिसीस गराउँदै आइरहेका छन्।

उनी रोजगारीको सिलसिलामा विदेश होम्मिएका थिए। शुरुमा साउदी अरब गएका उनी दोस्रोपटक कत्तार गएका थिए। काम गरेको १२ महिना पछि अचानक उनी विरामी परे। शरीर सुन्निने र हातखुट्टा लगलग काम्ने र खान पनि रुची नहुन थालेपछि अस्पतालमा गई जचाएर औषधी सेवन गरे तर निको भएन। त्यसपछि उनी स्वदेश फर्किए। उनी विराटनगरमा जाचँ गराउँदा मृगौला ड्यामेज भएको पत्ता लाग्यो। त्यसपछि उनी मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराईरहेका छन्। उनको हप्तामा ३ पटक डायलिसीस गर्नुपर्छ।

उनको परिवारमा आमाबुबा श्रीमती र ५ वर्षीय छोरा छन्। उनका बाबुआमा गाउँ मै बस्छन भने उपचारकै लागि उनी आफ्नो श्रीमती र छोरा साहित् सुर्यविनायक बस्दै आएका हुन्।

उनका बाबुले मृगौला दिन तयार थिए तर मृगौलाको आकार सानो भएको कारण प्रत्यारोपण हुन् सकेन। उनको कमाएको सम्पति सबै उपचारमै सकिएको छ भने अब उपचारको लागि कसरी रकम जुटाउने भन्ने चिन्ताले सताएको छ। उनको दैनिकी झन् माथि झन् कष्टकर बन्दै गएको छ । पैसाको अभावले मरिने हो कि भन्ने चिन्ताले रात दिन उनलाई पछ्याईरहेको छ । उपचारको त परको कुरा कोठाको भाडा तिर्ने पैसा पनि छैन उनीसँग। अब सहयोग माग्नुको विकल्प छैन उनीसँग। त्यसैले उनी आफुलाई सहयोग गर्न अपिल गर्दै उनले भने, ‘मलाई बचाईदिनु म मेरो छोराको लागि बाच्न चाहन्छु।’

उनलाई सहयोग गर्न चाहानेले  हाम्रो अफिसियल फेसबुक पेज पिएनपिखबरडटकममा पनि म्यासेज गर्नसक्नुहुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू