दुव्र्यसन र एचाईभीले गर्दा सम्पति, परिवार सबै गुमाए: सुमन कार्की

मनिषा थापा

पिएनपिखबर : सुमन कार्की एक एच.आई.भी संक्रमणित व्यक्ति हुन्। लागु औषध दुव्र्यसनमा फसेपछि उनलाई एचआइभी लाग्न पुग्यो। १३ वर्षको सानो उमेरमै कुलतमा फसेका उनी विगत १७ बर्षदेखि एचआइभी संक्रमित छन् । अहिले उनी एचआइभी विरुद्धको एआरभी औषधी सेवन पनि गरीरहेका छन् ।

काठमाडौँको सातदोबाटो घर भएका उनको बाल्यकाल हजुरबुबा हजुरआमाको छत्रछायाँमा वित्यो। बुबाको दोश्रो विवाह भएपछि उनको बुबा र उनको आफ्नै आमा उनीबाट टाढा भए। हजुरआमाले उनलाई निकै माया गरी हुर्काएको पिएनपिखबरसँगको कुराकानीमा उनी सुनाउछ्न। उनी १३ वर्षको हुँदा आफ्नो उमेर भन्दा ठुला उमेरका व्यक्तिहरु सँग संगत गर्थे। उनीहरुकै संगतमा हुँदा चुरोटबाट शुरु गरेका उनले पछि लागु औषघ दुव्र्यसनमा फसे।

बाबुआमाको मायाको कमीको अभावले एक्लोपन महसुस गर्थे उनी। त्यसकारण पनि उनी आफुलाई भुलाउन लागु पदार्थ सेवन गर्ने गरेको उनी बताउछन्। उनी २१ वर्षको उमेर हुँदा उनकी हजुरआमाले नै सुधार गृहमा पुर्याइन। ८ महिनाको बसाई पछि उनले डेढ वर्षसम्म लागु पदार्थबाट टाढिए। उनले स्नातक तहको पढाई गर्दा भने कुलतबाट टाढिनु पर्छ भन्ने भान भएको उनी बताउँछन।

उनले दुव्र्यसनमा फसेपछि समाजबाट धेरै अपहेलना सहनु परेको र आत्महत्या गर्ने प्रयाससम्म गरेको उनले भावुक हुँदै सुनाए। उनी आफुलाई पहिलाको र अहिलेको अवस्थामा आकाश जमिनको फरक रहेको बताउछन्। उनी भन्छन, ‘पहिला म हँसिलो र आत्मविश्वास थियो तर अहिले मलाई खासै हाँस्न मन लाग्दैन। मैले लतकै कारण सम्पति, परिवार, साथीभाई गुमाए।’

उनले विवाह पनि गरे तर लामो समय टिक्न सकेन। कलामा पनि चाख राख्ने व्यक्ति हुन् सुमन कार्की। गीतार बजाउने, नाच्ने र अभिनय पनि गर्ने गर्थे उनी। उनले सन्तोष पन्तको टेलीशृंखला हिजो आजको कुरामा समेत् अभिनय गर्ने मौका पाए। उनी जीवनमा जे जस्तो आपत आए पनि हरेश नखाई बाच्नुपर्ने बताउँछन। उनी अब सबै संक्रमितको क्षेत्रमा काम गर्न चाहान्छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू