दृष्टिविहीन भए पनि काम गरी खान नलजाउने नारायण सिग्देल परिवार सहित किन आए मिडियामा

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : जन्मजात नै दृष्टिविहीन नारायण सिग्देल धादिङमा जन्मिएका हुन् । पढाईको सिलसिलामा २०४७ सालमा धादिङ्गबाट काठमाडौँ आएका उनले दाताको सहयोगमा किर्तिपुर ल्याबरोटरीबाट ३ कक्षसम्म पढेर फेरी दाताकै सहयोगमा काभ्रेपपलाञ्चोकको धुलिखेलमा अवस्थित संजीवनीबाट एसएलसी(अहिले एसीईइ)पास गरेका उनले प्रमाणपत्र तह सम्म अध्ययन गरेका छन।

दृष्टिविहिन भएपनि दाताहरुको सहयोगमा आफ्नो अध्ययन अगाडी बढाईरहेका उनको ६१ सालमा बिवाह भएपछी पढाई रोकियो। कमजोर आर्थिक अवस्था र आँखा नदेख्ने कारण त छदै थियो त्यसमाथि श्रीमती समेत पाल्नु पर्ने जिम्मेवारी थपियो। त्यसैले उनी आफ्नो पढाईलाई थाती राखेर काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कोठा भाडामा लिएर संघर्ष गर्ने थाले। जीवन जिउन संघर्ष गर्ने क्रममा पहिला धुप बेच्दै हिड्ने सिग्देल अहिले बनेपाबाट रत्नपार्कको फुटपाथसम्म गएर वेट मेसिन राखेर बस्छन। वेट मेसिन राखेर आएको पैसाले उनको जसोतसो छाक त टार्छ तर कोठा भाडा तिर्न धौधौ हुन्छ। कोठा भाडा तिर्न नसकेको ६ महिना भएको उनि बताउछन। अहिले घरबेटीले निस्केर जाउ भन्न थालेको भन्दै उनी पिएनपिखबरको हाम्रो कार्यालय खोज्दै आइपुगेका छन।

उनि आफु आँखा नदेख्ने एउटा समस्या त छदै थियो, साहाराको लागि विबाह गरि ल्याएको जीवन संगिनी कविता सिग्देलको पनि कान कम सुन्ने भएकोले अर्को समस्या थपियो । श्रीमतीमा कान नसुन्ने समस्या नभई दिएको भए सायदै यति समस्या झेल्नु पर्दैन थियोकि ? जति अहिले झेल्दै छन। यस्तै कारणले उनमा आर्थिक भारले थिच्यो। आर्थिक समस्याकै कारण उनको ९ वर्षीया छोरी र १५ महिने छोरोलाई पालन पोषण र शिक्षादीक्षा दिन उनलाई धेरै गाह्रो भएको छ। आमा बुवाको काखमा रमाउने उमेरकी उनकी छोरी आमा बुवा देखि टाढा संस्थामा बसेर पढ्न बाध्य छिन। उनकी छोरी गोदावरी लाइन्स भिजनमा बसेर पढ्छिन। उनलाई पढ्न त निशुल्क व्यवस्था छ तर कापी कलम भने आफै किन्दिनु पर्ने भएकाले त्यो किन्दिन पनि उनलाई समस्या छ। टाढा गएर खाइनखाई कमाएको पैसाको गुजारा चलाउन धौधौ भएपछी उनलाई घरमै केहि सीपमुलक काम गर्ने इच्छा छ तर आर्थिक अभाव कै कारण उनको सपना पुरा हुन सकेको छैन। उनी भन्छन, ’’सीप मसङ्ग धेरै छ, विभिन्न साबुन र मैनबत्ती बनाउन सक्छु तर यी सामग्री किन्नको लागि मसङ्ग यति पैसा छैन।’’

सहयोगको अपेक्षा गर्दै पिएनपिखबरको कार्यालय खोज्दै आईपुगेका उनी धादिङ्गमा भएको आफ्नो सानो जग्गामा घर बनाएर बस्न चाहान्छन तर आर्थिक अभावको कारण उनी गाउँ फर्कन सकेका छैनन्। बनेपा देखि काठमाडौँसम्म बसमा यात्रा गरेर वेट मेसिन राख्न जाँदाआउँदा बसमा अपाङ्ग भनेर निकै हेला गर्ने उनी दुखेसो गर्छन्।

यस शहरबाट दिक्क भएर आफ्नो जन्म स्थानमै हाँसी खुशी जीवन विताउन चाहने उनलाई कुनै व्यक्तिले सहयोग गर्न चाहेमा त्यो अमुल्य रहने र पछि आफुले केहि गरेर देखाउने उनी बताउछन । उनी भन्छन, ”५० हजार जति मात्रै भए पनि म सानो छाप्रो हालेर बस्न पाउथे।”। यदि इच्छुक महानुभावहरुले नारायण सिग्देललाई सहयोग गर्न चाहनु भएको खण्डमा तलको नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुनेछ : ९८६८३४८६१९

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया