देवीलाई खुशी पार्न भन्दै छोराले आफ्नै आमाको हत्या गरी बलि चढाएपछि

रिता घिसिंग

एजेन्सी : संसारका हरेक छोराछोरीले आफ्नै आमालाई देवी मान्ने गर्छन। मानिसहरु धर्तीमा आफ्नी आमाभन्दा ठूलो अन्य केही हुँदैन भन्ने गर्छन तर भारतमा एक युवाले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको हत्या गरि बलि चढाएका छन्।

भारतको पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने तान्त्रिक भनिने ३५ वर्षीय नारायण महतोले देवीलाई खुशी पार्न भन्दै आफ्नै आमाको बाली चढाएका हुन्।

आमाको हत्या गरेपश्चात प्रहरीले पक्राउ गरि अनुसन्धान गर्ने क्रममा सपनामा आफूलाई देवीले भने बमोजिम आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको महतोले बताए।

धारिलो हतियार प्रयोग गरि ५५ वर्षीय आमाको घाँटी रेटी हत्या गरि महतो उक्त कुरा सुनाउन आफ्ना दाजुका गएका थिए। केही समयदेखि तान्त्रिक बिद्यामा लागेका उनले आफ्नै घरमा देवीको मन्दिर समेत स्थापना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू