देशको बारे युवा ज्योतिषले गरे डरलाग्दो भविष्यवाणी : यो वर्ष देशमा अनिष्ट हुनसक्छ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुदिप रिमाल एक युवा ज्योतिष तथा फेस रिडर हुन्। उनले २०७६ सालको शुभकामाना दिँदै यस वर्षको भविष्य वाणी गरेका छन्।

भविष्यवाणी गर्दै उनले देशमा अनिष्ट हुनसक्ने बताएका छन्। उनले भने, ‘यस वर्षमा राजनीतिक उथलपुथल हुने, विदेशी छलखल बढी हावी हुने, प्राकृतिक विपत्ति आइलाग्ने जस्ता समस्या   देखिन्छ।’ 

नेपाल वृश्चिक राशि भएको कारणले यो वर्ष अशुभको सङ्केत देखिएको उनले बताए। देशमा हुनसक्ने अनिष्टतालाई रोक्न हरेक वर्ष शान्तिको पाठ ठाउँ-ठाउँमा हुने गरेको उनको भनाई छ। उनले अहिले धेरै व्यक्तिहरु आफुलाई मातापिता वताउंदै ठगिको व्यापार भईरहेकोमा उनले आपत्ति जनाए। यस्ता ठगी गर्ने अफावा फैलाउनेहरुको लागि अनुगमन भईरहेको उनले बताए।

त्यस्तै, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्यवाणी गर्दै उनले भने, ‘कुण्डली यो वर्ष प्रधानमन्त्रीको निकै राम्रो छ। उहाँको सरकार २०७६ सालमा नढल्ने नै देखिन्छ। स्वास्थ्य समस्या भने यथावत देखिन्छ।’ बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू