‘देश बनाउन पुरानो सोच बदल्नुपर्छ’: नेता पाण्डे

admin

काठमाडौँ, ८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पुरानो सोचले देश विकास नहुने भन्दै नयाँ विकासको सोच अघि सार्नुपर्ने बताउनुभएको छ । सम्पादक नवीन काफ्ले रहनुभएको ‘अर्थ र व्यापार’ साप्ताहिकको आठौँ वार्षिकोत्सवको अवसरमा प्वाइन्ट मिडियाद्वारा आज राजधानीमा आयोजित ‘समृद्ध नेपालका आधार र अबको जिम्मेवारी’ विषयक अन्तक्र्रियाका क्रममा नेता पाण्डेले पुरानो सोच र पुरानो तरिकाबाट जाँदा आर्थिक विकास हुनै नसक्ने जिकिर गर्नुभयो ।

नेपालमा २८ प्रतिशत निजी जमीन कसरी परिचालन गर्ने भन्नेमै समस्या रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “निजी जमीन कसरी भोगचलन गर्ने भन्नेमा ठूलो समस्या छ, सडकका लागि मुआब्जा छुट्याउदा एक लाख तोक्यो, परियोजना सञ्चालन गर्ने बेलामा रु १० लाख हुन्छ, त्यो सरकारले मुआब्जा तिर्न नै १० वर्ष लाग्छ, अनि कसरी परियोजना चल्छ ।”

उहाँले अहिले पुँजीगत खर्च नहुनुमा पनि यस्तै समस्या रहेको बताउँदै पूर्व पश्चिम रेलमार्ग होस् या जलविद्युत् आयोजना सञ्चालन गर्न पनि जमीनको व्यवस्थापन नै ठूलो चुनौती रहेको बताउनुभयो । “रेलमार्ग या जलविद्युत् बनाउनु प¥यो, जे गर्दा पनि जमीन चाहिन्छ, जब हाइड्रो बनाउने भनेर गयो जमीनको भाउ बढ्छ, कार्टेलिङ हुनथाल्छ, अनि कसरी हुन्छ प्रगति, पहिलो त जमीनको समस्या हल गर्नुप¥यो नी ।” उहाँले थप्नुभयो ।

अर्का पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विकास खर्च बढाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिँदै सरकारले एउटा वातावरण तयार पारेपनि पर्याप्त नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्वाइन्ट मिडियाले विभिन्न क्षेत्रका सात व्यक्तिलाई सम्मान गरेको थियो ।रासस

प्रतिक्रिया