दैलेखमा बस दुर्घटना: १ को मृत्यु ७ घाइते

admin

दैलेख, ७ साउन: कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते ७ जनाको अहिले स्थानीय मेडिकलमा उपचार भैरहेको छ। सो बस घुम्तिमा चिप्लेर करिब ५०-६० मिटर तल खसेको प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया