‘द कपिल शर्मा शो’को प्रोमो रिलिज (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : भारतीय कमेडियन कपिल शर्माको बन्द भएको शो ‘द कपिल शर्मा शो’ फेरि आउँदैछ । सोनी टेलिभिजनले शोको नयाँ सिजनको प्रोमो रिलिज गरेका छन् । २३ अप्रिल २०१६ मा सुरु भएको शो एक वर्षअघि बन्द भएको थियो । त्यसपछि फेमिली टाइम विथ कपिल लिएर आएका कपिल शर्माको नयाँ शो भने चलेन । अहिले कपिल पुरानै लोकप्रिय शो लिएर आउँदैछन् ।

कपिलको शोमा पहिलो पाहुना बनेर सलमान खान जाने चर्चा थियो । तर, पछिल्लो समय भने पहिलो पाहुना सलमान नभइ शाहरुख खान हुने चर्चा छ । कपिलको शो सुरु हुने बेला सलमानको कुनै फिल्म आएको छैन तर शाहरुखको फिल्म जीरो भने २१ डिसेबरमा रिलिज हुँदैछ । यही फिल्मको प्रमोसनका लागि शाहरुख पहिलो पाहुना बनेर जाने र उनीसँगै कट्रिना कैफ र अनुष्का शर्मासमेत पहिलो एपिसोडका पाहुना हुने बताइएको छ ।

हेर्नुहोस् टिजर :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू