पिएनपिखबर : बलिउडमा जब साईज जीरोको होड चलिरहेको थियो तब अभिनेत्री विद्या बालनले मिलन लुथारियाको निर्देशनमा बनेको फिल्म ‘द डर्टी पिक्चर’मा आफ्नो सुडौल फिगरबाट बलिउड नायिकाहरुको लुकको चलनलाई तोडेकी थिइन्।
फिल्मले आइतबार सात बर्ष पार गरेको छ। जसमा विद्या भावुक हुँदै आफ्नो इंस्टाग्राममा इमोशनल पोस्ट लेख्दै भनिन्, ‘विद्या बालनले भनिन्, “सात वर्ष पहिला २ डिसेम्बर, २०११मा डर्टी पिक्चर रिलिज भएको थियो। फिल्मले मेरो सधैको लागि जीवन परिवर्तन गरिदियो। तर मानिसहरु अझ पनि मलाई सोध्छन कसरी गर्यो यो फिल्म, मलाई थाहाँ छैन के जवाफ दिउ। शायद यसकारण पनि होला मिलन ले मलाई सजिलो बनाई दिए। म मात्र स्लिकलाई न्याय दिन चाहान्थे र जुन विश्वासलाई एकता कपुर र मिलन ले देखाए त्यसमा म पास भए।’ विद्याले फिल्ममा अडल्ट फिल्म स्टार सिल्क स्मिताको भूमिका निभाएकी थिइन्।
उनले पन्छीलाई जस्तै खुल्ला महसुस गराएकोमा मिलनलाई धन्यबाद दिईन र १९९०को हिट सिटकम ‘हम पांच’ र फिल्म ‘द डर्टी पिक्चर’मा उनलाई काम गर्ने मौका दिएकोमा एकता कपुरलाई धन्यबाद पनि दिईन।