‘द नन्’ बन्यो अहिलेसम्म कै सबैभन्दा उत्कृष्ट हरर फिल्म, कमायो यति ! (भिडियो)

मनिषा थापा

एजेन्सी  :  ‘कन्जुरिङ’ फिल्म सिरिजको फिल्म ‘द नन्’ हालसम्मकै सर्वाधिक सफल हरर फिल्म बन्न सफल भएको छ। उक्त फिल्म ३ साता अघि रिलिज भएको थियो। फिल्मले विश्वभरबाट दुई हजार २ सय ४० करोड नेपाली रूपयाँको कारोबार गरेको छ।

खबरअनुसार रिलिज भएको तेश्रो सातामा पनि फिल्मको उच्च कमाइ जारी रहेको छ। अन्तराष्ट्रिय बजारमा फिल्मले १९१।७ मिलियन अमेरिकी डलरको कमाइ गरेको छ भने कोरियामा मात्रै ४।६ मिलियन अमेरिकी डलरको कारोबार गर्दा फ्रान्समा ४।४ मिलियनको कमाइ गर्‍यो। रसियामा फिल्मको कमाइ ४।३ मिलियन डलर छ।

हरर विधामा सर्वकालिन कमाइ गर्ने क्रममा फिल्मले आफ्नो २६ बजारमा सर्वाधिक कमाइ गर्‍यो जसमा कोलम्विया, स्वीडेन जस्ता बजारहरू पर्छन्। तेश्रो सातामात्रै फिल्मले ८० अन्तराष्ट्रिय बजारबाट ३५।५ मिलियन अमेरिकी डलरको कमाइ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू