धुलिखेलको बजेट रु ७८ करोेड ४८ लाख

राष्ट्रिय समाचार समिति

काभ्रे, असार १०: धुलिखेल नगरपालिकाको आज भएको नगरसभाको पाँचौँ अधिवेशमा नगरको आगामी आर्थिक वर्षको बजेट रु ७८ करोड ४८ लाख १८ हजार बजेट विनियोजन छ । नगरपालिकाका प्रमुख अशोक ब्याजुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सङ्घीय संरचनाअन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उप–प्रमुख विमला शर्माले चालू आर्थिक वर्ष २०७५÷०७६ को प्रगति प्रतिवेदन पेश गर्नुभएको हो । यसैबीच काभ्रे जिल्लाको अधिकांश पालिकाले आर्थिक वर्ष २०७६÷७७ को अधिवेशन सम्पन्न गरेका छन् । रासस

प्रतिक्रिया