नकारात्मक समाचार सम्प्रेषण गर्नेलाई बोधि श्रवण धर्म सङ्घले दिए जबाफ, अन्तत: बमजन पदयात्रामा निस्कने (भिडियोसहित)

रिता घिसिंग

भक्तपुर : बोधि श्रवण धर्म सङ्घले विश्व शान्ति र मानव कल्याणको कामनासहित यही माघ ३ देखि ६ गतेसम्म सिन्धुली कमलामाई नगरपालिका–८ पैरेमा ‘विश्व शान्ति मैत्री पूजा’ गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता तथा पूर्वमन्त्री मणि लामाले बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लगाईएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पार्नुको साथै समाजमा एकापसमा सद्भाव तथा भ्रातृत्व कायम राख्न सकेमा मात्र शान्ति र समृद्धि प्राप्त हुने बताउँदै त्यसका लागि पूजा गर्न लागिएको जानकारी दिनुभयो ।

सङ्घका सदस्य भूमि देवकोटाले सङ्घका गतिविधिमा प्रहरीले अनुसन्धान गरिरहेका समयमा सङ्घप्रति लक्षित गरी विभिन्न संचार माध्यमहरुले नकारात्मक प्रचार गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

संघले आफ्ना गुरु बमजनमाथि मुलुकमा सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाएको भन्दै भ्रममा नपर्न पनि सबैलाई आह्वान गरेको छ । बमजनमाथि आश्रममै आफ्ना चेलाहरूलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायतको आरोप लगाइएको छ भने त्यस सम्बन्धमा प्रहरीले पनि बाराको हलखोरिया, सिन्धुपाल्चोकको धापसारा आश्रममा अनुसन्धान सुरु गरेको छ । संघका अध्यक्ष थिङ्गले सो घटनाबारे सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारसँग माग गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू