नक्सा नसच्चाए भारतको नक्सा विश्वबाटै गायब बनाउने पशुपति खड्काको चेतावनी

मनिषा थापा

पिएनपिखबर : भारतले हालै सार्वजनिक आफ्नो नयाँ नक्सामा कालापानी र लिपूलेक क्षेत्रलाई भारतीय सीमाभित्र राखेपछि नेपालभित्र त्यसको व्यापक विरोध भएको छ। विभिन्न राजनीतिक दल, राजाबादी, लोकतन्त्रबादी, विद्यार्थीसंघहरु देखि आम सर्वसाधारणहरुले ‘कालापानी, लिपुलेक हाम्रो हो’ भन्दै भारतीय दुतावास अगाडी नारावाजी लगाएका छन्। 

यसै विषयमा बोल्दै शाही शक्ति युवा संघका अध्यक्ष पशुपति खड्काले अब सबै पार्टी देखि जनतासम्म कुनै बादलाई नजोडी राष्ट्रबादभएर लड्नुपर्ने बताए। उनले भारतले नक्सा सार्वजनिक गरे लगत्तै परराष्ट्र मन्त्रालयबाट नाटकीय ढंगबाट नेपाली भाषामा विज्ञप्ति जारी गरेको जनाए। उनले भने, ‘परराष्ट्र मन्त्रालयले सधै अंग्रेजीमा सबैले बुझिने ढंगले विज्ञप्ति जारी हुन्थ्यो। तर नेपालीबाट निकालिएको विज्ञप्ति देख्दा सरकार भारतसँग लम्पसारबाद भएको देखियो। सरकारले नसके हामी लड्छौ।’

पछिल्लो समय पशुपति खड्का राजसंस्था पुनस्थापना गराउने प्रतिबद्दता जनाउनुको साथै गणतन्त्र विरोध गर्दै आएका छन्। पूर्वराजा सिमा मिचिदा समेत आखिर किन बोलेनन् भन्ने पिएनपिखबरका पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘राजा निलम्बित पर्मादीपति हुन्। अहिलेको सरकारले बेचेको जमिन सरकारले नै समाधान गर्ने हो। राजाले बोलेर किन विवादित बनाईदिने ? राजाले भईरहेको सरकारको त्रुटिलाई सुक्ष्मरुपले नियालिरहेका छन्।’

उनले अघि भने, ‘राजसंस्था हुँदा पनि सिमा विवाद थियो तर जमिन नै खाएको अबस्था थिएन। वर्तमान सरकारले भारतसँगको कुटनीतिक सन्तुलन मिलाउन नसक्दा भारतले जमिन हडप्ने आट गरेको हो। अब जनताको आवाज बुलंद भएपछि वर्तमान व्यवस्था फालेर नेपाली पन ल्याउछौ। तर अहिले आफ्नो पार्टी निस्वार्थ ढंगले आन्दोलनमा उत्रिएको छौ। सरकारले केहि नगरे जनता कुटो, कोदालो बोकेर भारतसँग लड्ने छौ।’ भारतले आफ्नो गल्तिको अबिलम्ब नगरे भारतको नक्सा विश्वबाटै गायब बनाईदिने भन्दै खड्काले चेतावनी दिए। 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया