नगरकोटका यी युवा भन्छन, ‘२०, ३० हजार कमाउन खाडी मुलुक जानुभन्दा किवी खेती गरेर वार्षिक ४, ५ लाख कमाउन ठिक’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  किवी खेती अहिले चर्चाको खेतीका रुपमा चिनिएको छ । किवी खेती गर्ने किसानहरुका लागि कृषि विकास मन्त्रालय मातहतमा रहेको आयोजनाहरुले पनि अनुदान सहयोग दिंदै आईरहेका छन् । विश्व बजारहरुमा नै किविको माग अत्याधिक रहेको पाइन्छ।

सुरेन्द्र लिम्बुले नगरकोटमा किवी र अलैची जस्ता बोटविरुवा लगाएका छन्। उनले विगत ५ वर्ष देखि किवी खेती गर्दै आईरहेका छन्। किवीलाई बाहिर लगेर बेच्ने देखि किवीको अर्ग्यानिक रक्सी समेत बनाउने गरेको लिम्बु बताउँछन। कृषि विकास मन्त्रालयले अनुदानको कृषकहरुको लागि व्यवस्था गरे पनि सहयोग गर्दै आएपनि उनको अनुसार, किवी तयार हुन् कम्तीमा एक वर्ष लाग्ने गर्दछ। ८ सय बोट किवीको बालीले बर्षमा ५,६ लाख ब्यापार हुने गर्छ।

किवीले क्यान्सर देखि किड्नी, दम सुगरजस्ता खतरनाक रोगहरुलाई निर्मुल पार्छ। तर यो दिनको एउटा भन्दा बढी खान नहुने लिम्बुको भनाई छ। किवी ओसीलो ठाउँमा जो कोहिले पनि खेती गर्न सकिने र यस्तो खेती गर्नलाई कम्तीमा ७, ८ लाख लाग्ने बताए। कृषक लिम्बु भन्छन, ‘परिवारसँग छुट्टिएर परदेश लाग्नु साटो आफ्नै जमीनको माटोमा खेती गर्न सकियो भने नेपालमै मनग्य आम्दानी गर्ने सकिन्छ जस्तो लाग्छ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया