नगरकोट लगेर आँचल श्रेष्ठलाई बलात्कारको प्रयास गरेको आरोप झुठो भएको अमृत कार्कीको दावी (भिडियो सहित )

admin

काठमाडौं, १८ असोज: अमृता फाउण्डेशन नेपालका सचिव अमृत कार्कीले आफूमाथि संस्थामा आवद्ध भोल्युनटिएर आँचल श्रेष्ठले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले आफूमाथि नियोजित षड्यन्त्र रचेर यस्तो आरोप लगाईएको स्पष्ट पारे । उनले भने,‘हाम्रो संस्थामा पहिले कार्यरत मनोविद रमा कार्की हुनुहुन्थ्यो, तर उहाँले संस्था छोडिसकेपछि षड्यन्त्रपूर्वक कसैलाई प्रयोग गरेर संस्थाको अस्मितामाथि प्रहार गर्न र मेरो व्यक्तिगत चरित्र हत्या गर्न आँचललाई प्रयोग गरेर यस्तो आरोप लगाउनुभएको हो । यसमा कुनै सत्यता छैन् ।’
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू