नजिकीएको स्व.वि.यु निर्वाचन र आगामी विद्यार्थी आन्दोलन !

मनिषा थापा

– सरोज कुमार जोशी

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई जारी गरिएको निर्देशनको जिम्मेवार विद्यार्थीका हैसियतले व्यक्तिगत रुपमा सहर्ष हार्दिक स्वागत गर्दछु ।

नेपाली शैक्षिक जगतको इतिहासलाई गौरवपूर्ण बनाउन देखि विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुरयाउनका लागी तोकिएको समयमा स्व.वि.यु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अत्यन्तै जरुरी छ तर अनेकौ चुनौती / कठिनाई र व्यवधान भने यथेष्ठ छन् । विगतका वर्षहरुलाई हेर्दा विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसहरुको विद्यार्थी युनियनको निर्वाचन अशान्ती र हिस्रक वातावरणबीच पनि पूर्ण रुपमा सम्पन्न हुन सकेको थिएन भनेर सोझै इमान्दारीका साथ निर्बिबाद भन्न सकिन्छ ।

यसले नेपालको विद्यार्थी जगत र शैक्षिक परिपाटीमा पटक-पटक अन्यौलसंगै आम विद्यार्थीहरु माझ राजनिती प्रति वितृष्णा निरासा उत्पन्न गरेको छ । बालापान पार गरि रगत बगत र सगत भएका शिक्षित विवेकशिल उर्जाशील अनि भविष्यमा देशलाई सुमार्गमा डोर्याउने आशा गरिएका बुद्धिमान विद्यार्थी वर्गले युनियन निर्वाचनको बहानामा शैक्षिक जगतलाई नै आतंकित र फोहोरी तुल्याउने कुकर्मआफैमा खेदजनक / घिन लाग्दो र अस्वाभावीक थियो ।

हाल जनप्रशासन केन्द्रिय विभागमा म अध्ययन गरिरहदा पनि विद्यार्थी संगठनका नेतृत्वदायी व्यक्तिहरु पार्टीका जुलुश /सभा समारोहमा म जस्तै कैयौं विद्यार्थीहरु जम्मा गरेर उहाँहरु आफ्नो पार्टीको अहम र दम्भ पूरा गर्ने प्रयत्न संगै युवाहरुको शैक्षिक अधिकार माथि बलत्कार गरेर पार्टीको स्वार्थ पूरा गर्ने भयानक हानिकारक खेल खेल्दा रहेछन भन्ने सामान्य सत्य बुझ्न / चाल पाउन मलाई एक वर्ष लाग्यो । फेरि पनि बुझदैछु । यसर्थ पनि २०७५ फाल्गुन महिनाका लागी तय गरिएको मिती नजिकीए संगै ( स्ववियु) निर्वाचनमा आम विवेकशील , निर्वाचन , परिवर्तन प्रेमी विद्यार्थी साथिहरु संयमित , सावधान र स्व – विवेकी हुनु अपरिहार्य ठान्दछु । फेरि पनि विद्यार्थी संगठनलाई आफनो भातृ संगठन बनाउने पार्टी र तिनका नेतृत्वदायी व्यक्तिहरुले आ – आफना संगठनलाई जे जसो निर्देशन दिने गरेका छन् ।

हुबहु ठीक-ठीक त्यस त्यस किसिमको व्यवहार संचालन प्रयोगमा ल्याउने हो भने पुनः पनि तोडफोड , आगजानी र मारपीटका घट्ना नदोहोरिएलान् भन्न सकिने कुनै बलियो आधार देख्दिन । जुन दुभाग्यको कुरा हो । हाम्रो जस्तो मुलुकमा विद्यार्थीको दलिय समूह बनाई पार्टीले निर्दोष विद्यार्थीहरु बीच अनावश्यक अस्वाभाविक भिडन्त गराउनु कुनै नौलो कुरा होइन । जहाँ सजिलै भन्न सकिन्छ निष्पक्ष न्यायदाता संस्था न्यायलय त अछुतो छैन ।

केहि विद्यार्थी अगुवा साथीहरुले आफ्नो सुन्दर भाग्य र भविष्यको नविन सपना बोकी विश्व विद्यालय प्रवेश गरेका अध्ययनमा अभिसाररत इमान्दार , जेहेन्दार , लगनशील र राजनैतिक पूर्वाग्रहबाट मुक्त विद्यार्थीहरुलाई विभिन्न किसिमका लोभ , लालच , प्रलोभन , डर , धम्की , त्रास वा राजनैतिक प्रभावमा पार्ने व्यवहारको घोर निन्दा गर्दै विद्यार्थी – विद्यार्थीहरु माझ भावनात्मक एकता जुटाई भाईचारामा बढाउने कार्यमा अग्रसर हुन सुझाव दिन चाहे । 

अन्त्यमा सम्पूर्ण विद्याथी साथीहरुलाई अत्यन्तै उत्साह जनक रुपमा आ – आफनो शैक्षिक संस्थामा क्रियाशिल भई स्ववियु निर्वाचनमा जुटन म अत्यन्तै हार्दिकताका साथ असाध्यै विनम्रता पूर्वक अनुरोध गर्दै व्यापक विद्यार्थीहरुको सहभागितामा निर्धारित मितिमै खुशियालीका साथ सहज , सुखद अनि रमाइलो वातावरणमा निर्वाचन हुने कुरामा विश्वास व्यक्त गर्दछु। शुभकामना । अन्यथा हेमन्त रानाको बोलको गीत चालिस कटेसी रमाउला भन्ने दिन नआउला भन्न सकिदैन।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू