नयाँ ठाउँमा किन निन्द्रा पर्दैन ? जान्नुहोस् यस्तो छ कारण

रिता घिसिंग

एजेन्सी : के तपाईलाई पनि नयाँ ठाउँमा निन्द्रा पर्दैन ? धेरैजसोले यो समस्यालाई महसुश गरेका छन् । हामी दिनहुँ जुन ओछ्यानमा सुत्छौ, त्यसमा पल्टिएको केही क्षणमै निन्द्रा लागिहाल्छ । तर, हामी कुनै नयाँ ठाउम पाहुना गयौँ वा बास बस्न पुग्यौँ वा होटलमा बस्नुपर्यो भने त्यहाँको ओछ्यानमा निन्द्रै पर्दैन ।

यस्तो हुनुको मुख्य कारण ‘सहजता’लाई दोष दिन्छौँ हामी । हामीलाई लाग्छ, नयाँ ओछ्या्नले हामीलाई सहजता दिँदैन जति आफ्नो पुरानोमा हुन्छ । तर, यस्तो सोच्नु आफ्नो चित्त बुझाउँनु मात्रै हो । नयाँ ठाउँमा निन्द्रा नपर्नुको कारण र समाधान दुवै खोज्न अनुसन्धानकर्ताले अध्ययन गरे, जसमा आएको परिणाम देखेर छक्क पर्नुहुन्छ ।

यस्तो हुनुको कारण हाम्रो मस्तिष्क जिम्मेवार रहेको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् । हाम्रो मस्तिष्कले नयाँ ठाउँ अथार्त ओछ्यानमा सजिलै निदाउँन दिँदैन । अध्ययनकर्ताका अनुसार, यस्तो हाम्रो आधा दिमाग ननिदाउँने भएका कारण हुन्छ । नयाँ ठाउँमा पुग्दा निन्द्रा परे पनि हाम्रो आधा दिमाग नसुत्ने भएका कारण हामी गहिरो निदाउँन सक्दैनौँ । जसमा हामी असहज भएको महसुश गर्छौ ।

हाम्रो दिमागमा दुई फरक तरिकाले काम गर्ने दुई फरक भाग छन् । यी दुवैले अलग–अलग शरीरको भागलाई नियन्त्रण गर्छ, त्यसैले सुत्ने समयमा पनि यिनीहरुको स्थिति एक–अर्कामा फरक हुन्छ । लगभग ३५ व्यक्तिमा गरिएको अध्ययनमा पहिलो रातको समयमा गहिरो निन्द्रामा परेका बेला मस्तिष्कको दायाँ भागको तुलनामा बायाँ भाग बढी सक्रिय रहन्छ, अर्थात् निरन्तर काम गरिरहेको हुन्छ । त्यस्तै, निदाइरहेको अवस्थामा दायाँ कानले भन्दा बायाँ कानले सुन्ने अनुसन्धानमा पत्ता लागेको छ, किनकि दायाँतिरको मस्तिष्कको तुलनामा बायाँको मस्तिष्क केही हदसम्म जागिरहेको हुन्छ ।

प्रतिक्रिया