हिजो नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज कति ?

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३१ साउन :  साताको छैठौँ दिन अर्थात् शुक्रबार नेपाली बजारमा हिजो नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज स्थिर रहेको छ। हिजो बिहिबार प्रतितोला १२ सय रुपैयाँ बढेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन पनि हिजोकै मुल्यमा अर्थात ७१ हजार २ सय रुपैयाँमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया