नयाँ स्मार्टफोनको लागि आमा-बुबाले राख्यो १० वर्षे बालिकाको लागि यस्तो १२ बुँदे शर्त

रिता घिसिंग

एजेन्सी : अहिले हाम्रो समाजमा बालबालिकाहरुमा स्मार्टफोनको क्रेज बढिरहेको छ । यसको लागि बालबालिकाहरु अभिभावकको हरेक शर्त मान्न तयार भएका छन् । यस्तै एउटा घटना मलेसियाको राजधानी क्वालालम्पुरमा देखिएको छ । यहाँकी १० वर्षकी बालिका यास्मिन साइपुरले स्मार्टफोन किनिदिन परिवारले राखेका सबै १२ शर्त मान्न तयार भएकी छिन् । यी शर्तहरु सामाजिक संजालमा शेयर भएपछि निकै भाइरल भइरहेका छन् ।

यास्मिनले आफ्नो कक्षाका साथीहरुसँग मोवाइल फोन देखेपछि मातापितासँग आफूलाई पनि मोवाइल फोन माग्दै जिद्दी गरेकी थिइन् । मातापिता अरुले जस्तो उनलाई मोवाइल फोन दिन हिच्किचाइरहेका थिए तर उनीहरु छोरीलाई दुःखी पनि देख्न चाहँदैनथे । निकै सोचविचार गरेपछि उनीहरुले यास्मिनलाई फोन त दिए तर त्यसको साथमा १२ बुँदे शर्तहरु पनि लगाइदिए । यो मातापिता र यास्मिनको बीचमा एक सम्झौता पत्र बनेको छ । यो सम्झौता पत्रमा हप्तामा ६ पटक कुरान पढ्नु, मोवाइल स्कुल लिएर नजाने, कम डाटा खर्च गर्ने लगायत उल्लेख छन् ।

यास्मिनले यी सबै शर्त मान्न तयार भएपछि उनले मोवाइल फोन पाएकी छिन् । एक वर्षपछि यो शर्तमा मातापिताले पुनरावलोकन गर्नेछन् । त्यसपछि यी शर्तहरु हटाइन पनि सक्छ वा यास्मिनसँग मोवाइल फोन नरहन पनि सक्छ । यी १२ शर्तमध्ये कुनै पनि शर्त तोडेमा यास्मिनसँग मोवाइल फोन रहने छैन । १ वर्ष पछि थाहा हुनेछ कि यो सम्झौता पत्रबाट कुन कुन शर्त हटाउन उपयुक्त छ र कुनै नयाँ शर्त थप्नुपर्ने छ वा छैन ।

यस्ता छन् १२ शर्त–

१. बिहान नमाज पढ्नुपर्नेछ ।

२. फोनको ब्याट्री फूल हुँदासम्म मात्र त्यसलाई चार्जमा राख्न पाइनेछ । ब्याट्री फूल हुनासाथ चार्ज हटाइहाल्नुपर्नेछ ।

३. फोनमा कहिल्यै चार्ज सकिन दिन पाइने छैन ।

४. आफ्नो मात्र फोन प्रयोग गर्नुपर्नेछ, मातापिताको फोन चलाउन पाइने छैन ।

५. फोन बाथरुममा लिएर जान पाइने छैन ।

६. फोन स्कुल लैजान पाइने छैन ।

७. खाने बेला फोन चलाउन पाइने छैन ।

८. कुनै पनि एप डाउनलोड गर्नुभन्दा पहिले मातापितासँग सोध्नुपर्नेछ ।

९. डाटा ध्यान दिएर खर्च गर्नुपर्नेछ । तोकिएको सिमाभन्दा धेरै डाटा प्रयोग गर्न पाइने छैन । मातापिताले चाहेमा भने गिफ्टमा डाटा दिन सक्नेछन् ।

१०. हप्तामा ६ पटक कुरान पढ्नुपर्नेछ ।

११. परिवारको साथमा घरबाहिर हुँदा साथीहरुसँग फोनमा कुरा गर्न पाइने छैन ।

१२. ट्युशन छुटाउन पाइने छैन ।

प्रतिक्रिया