नर्सिङ्ग कलेजको लापर्वाही : ३० जना विद्यार्थीको भविष्यमाथि यति ठुलो खेलवाड

मनिषा थापा

पिएनपिखबर : भक्तपुरको राधे-राधेमा अवस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले नर्सिङ पढाउने भन्दै ठगेपछि ३० जना नर्सिङका विद्यार्थीहरु अलपत्र परेका छन्। उनीहरुले फाइनल परिक्षा दिन पाएका छैनन्। सिटिइभिटीले मापदण्ड नपुगेको भन्दै परिक्षाको अनुमति नदिएको नर्सिङकि विद्यार्थी सुर्खेतकी प्रेमिका साही बताउछिन।

उनले भनिन्, ‘उच्च अदालतले परिक्षा दिलाउन आग्रह गरे पनि सिटिइभिटी तयार भएन् र उच्च अदालतले सिटिभिटिमाथि मुद्दा दयार गर्यो। सिटिभिटि सर्वच्चमा मुद्दा हारे पछि उच्च अदालतले नै कलेज ठिक नभएको भन्दै खारेज गर्यो। हामीलाई कलेज, उच्च अदालत र सिटिभिटिले गर्दा हाम्रो भविष्य अन्योलमा छ।’

उनले अघि भनिन्, ‘शिक्षामन्त्रीले पनि अलपत्र परेका विद्यार्थीलाई व्यवस्थापन गर्न नसक्ने यस्तो शिक्षामन्त्री के काम। कलेजले ठगेको भनेर सम्बन्धित निकायमा जाँदा पनि सुनवाई भएन।’

उनीहरु अहिले माइतीघर मण्डलास्थित आन्दोलन परिक्षा दिन पाउ भन्दै आन्दोलन गरिरहेका छन्। भविष्यको चिन्ताले उनीहरु कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), त कहिले शिक्षा मन्त्रालय, त कहिले भर्ना गर्ने सोही कलेज धाइरहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू