नवलपुरका स्थानीय तहमा नेकपाको संयन्त्र

admin

कावासोती, २६ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपुरका सबै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपाले जिल्लामा रहेका नगरपालिकामा आठ र गाउँपालिकामा छ जना रहने गरी संयन्त्र गठन गरेको हो ।

स्थानीय तहका संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीका काम पूरा गर्ने जिम्मेवारी दिएको छ । पार्टी एकता टु«ङ्ग्याउनका लागि निर्माण गरिएको नेकपा नवलपुर संयन्त्रको रहजरमा बसेको बैठकले स्थानीय तहको संयन्त्र गठनसँगै पूर्वमाओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयका रुपमा राख्ने निर्णय गरेको छ । कार्यालय सचिवमा नारायणप्रसाद तिमिल्सेना र सुष्मा खनाललाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।
पहिलेका दुवै पार्टीको चलअचल सम्पत्ति, भएका भौतिक सामग्री र ऋणधन वासलात तयार गर्न दुवै कार्यालय सचिव र लेखासम्बन्धी विष्णु लम्साललाई जिम्मेवारी दिने निर्णयसमेत भएको केन्द्रीय सदस्य महतले बताउनुभयो ।

वडा वडामा संयन्त्र गठन गर्न स्थानीय तहमा रहेको संयन्त्रबाट छ जनाको वडा संयन्त्र निर्माण, तिहारभित्र वडा कार्यालय गठन, वडास्तरमा शुभकामना आदानप्रदान तथा पार्टी एकता सन्देश कार्यक्रम सक्ने र कात्तिक १७ गते जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कावासोतीमा गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य महतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया