“नाइटो छेडी नथ्थी लाउछु ल” भन्दै आइन गायिका ज्योती मगर

शर्मिला गुरुङ

काठमाडौं, १९ साउन : हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा बिभिन्न कलाकारहरुले तिजको गीतहरु सार्वजनिक गर्ने क्रम चलिरहेको छ । यसै बिच चर्चित गायिका ज्योती मगर र चर्चित गायक अराज केशबको स्वर रहेको तिज गीत ‘नाईटो छेडी नत्थी लाउँछु’ सार्वजनिक गरिएको छ ।

माधव न्यौपानेको शब्द संगीत रहेको गीत इनाक्षी इन्टर्टेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा कृष्ण बिके ‘भान्जा’को संगीत संयोजन रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा शृष्टी खड्का र अराज केशब फिचर्ड छन । अरुण अशोक कुमारले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन।

गीत उत्तिकै राम्रो र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले गीत दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टर्टेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन ।

केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा उच्च भ्युज पाउदै दर्शक श्रोताहरुको मन जितेको थियो । पिडालु गीतले जस्तै ज्योति मगरको स्वरमा आएको ‘नाइटो छेडी नथ्थी लाउछु ल’ ले पनि दर्शकको मन जित्नेमा आफुहरु बिश्वस्त रहेको कंडेलले बताए।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया