नाकाबन्दी लगाएको डेढ वर्षपछि झनै बलियो बन्यो कतार

शर्मिला गुरुङ

काठमाडौँ, ३ पुष : कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ। तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन्। राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन्।

कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ। १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिबस मानिन्छ।

गत वर्ष नाकाबन्दी नाकाबन्दीकै बीचमा यो दिवस मनाइएको थियो। यसपटक सरकारले नागरिकलाई धीर भन्न र अझ बलियो हुन आग्रह गर्दैछ। कतारले आफूलाई अझ सक्षम तुल्याएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले बताए। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया