नाङ्गै हिड्ने आशारामको जीवन फेरिदै : जापान जाने सोचमा उनी

मनिषा थापा

पिएनपिखबर : सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न ३ मा जन्मिएका मनोरोगी आशाराम तामाङ्ग विस्तारै ठिक हुँदै आएका छन्। बिगत २०७२ सालको महाभुकम्पपछि उनले मानसिक सन्तुलन गुमाएका थिए।

विगतका दिनमा उनको परिवारले उपचार गराउन काठमाडौँको अस्पतालहरु लगियो तर उपचार गराउदा डाक्टरले सामान्य हो भनेर घर फिर्ता पठाए। भुकम्पमा आएको राहत रकम पनि उनैलाई उपचार गरेर सकेको बुबा मान बहादुर बताउछन्। उनको स्वास्थ्य दिनानु दिन बिग्रिदै गएको थियो। यति सम्मकी उनले आफ्नै परिवारको सदस्यहरु माथि हातपात गर्ने कुट्ने गर्थे। उनलाई हिडडुल गर्न समेत गर्न मुस्किल हुन्थ्यो। कतिखेर छोराको कुटाईबाट मर्ने हो भन्ने चिन्ता उनको बाबु मान बहादुरलाई पर्थ्यो।

भुकम्पको राहत रकम पनि छोरालाई उपचार गरेर सकेपछि जिर्ण घरमा बसोबास गर्दै आएका तामाङ्ग परिवारलाई घुम्ती टोलिले १ कोठाको घर बनाई दिएका छन् । तर नया घरमा झ्याल ढोका हाल्न नसकेपछि त्यहि जिर्ण घरमै बसोबास गरिरहेका छन्। आसा राम तामाङ्गलाई उपचारको लागि हामी पिएनपिखबर टिम र समाजसेवी कृष्ण तामाङ्गको पहलमा काठमाडौँमा ल्याएका थियौ।

अहिले उनको जीवन नै फेरिएको छ। आज उनलाई देख्दा उनको विगत एउटा तितो सपना जस्तो लाग्छ। अहिले उनको काठमाडौँको विगत ५ महिना देखि कपनस्थित ‘होप फाउन्डेसन’मा उपचार भईरहेको छ। उनीमा जोश जाँगर र केहि गर्न्र हिम्मत उनीमा देखिएको छ। कुनै बेला नांगै हिड्ने उनी अहिले सफा पोशाकमा, मोटोघाटो चिटिक्क परेको देखिन्छ। पिएनपिखबरको कुराकानीमा उनले उक्त सुधार केन्द्रबाट निस्किएपछि जापानमा काम गर्न जाने इच्छा व्यक्त गरे।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू